त्रिविले २२ र २३ असोजमा पीएचडी फेस्टिभल गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले २२ र २३ असोजमा पीएचडी फेस्टिभल गर्ने भएको छ । केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पीएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुती दिने डीन प्रा.डा.विनिल अर्यालले जानकारी दिए ।
फेस्टिभलमा सबैले एक अर्काको कुराहरु सुन्न सुनाउन पाउने भएकाले एक अर्काबीच सहकार्य गर्ने वातावरण बनाउने उनको भनाइ छ ।
प्रा.डा. अर्याल भन्छन् ‘विज्ञानका सबै विषयका शोधकर्ताबीच अनुभव साटासाट गर्ने अवसर हो । दुई अथवा तीन डीस्प्युन मिलेर समाजमा प्रभाव पर्ने खालको बृहत अनुसन्धान गर्नको लागि हो ।’
फेस्टिभलमा पीएचडीको हरेक पक्षमा सैद्धान्तिक पक्ष, व्यवहारीक पक्षमा आलोचनात्मक छलफल हुने भएकोले यसले आगामी दिनमा थप प्रभावकारी अनुसन्धानको वातावरण बनाउने डीन अर्यालले बताए ।
संस्थानको १२ वटा प्राणीशास्त्र, वनस्पति विज्ञान, फुड टेक्नोलोजी लगायतका केन्द्रिय विभागमा ४५६ जना पीएचडी अध्ययनरत सबै जनाले २२ र २३ गते ‘पोस्टर प्रेजेन्ट’ गर्ने संस्थानले जनाएको छ ।










मौन पीडामा रहेकी कालिमायाको याचना …
राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट
कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस
कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया