मंगलबार, माघ २७, २०८२

इजरायलबाट नेपाली विद्यार्थीको गुहार- साथीहरूलाई जस्तै हामीलाई पनि मार्‍यो भने… (भिडियाे)

मेरोन्यूज २०८० असोज २२ गते १२:१४

काठमाडौं । इजरायलमा फसेका नेपाली विद्यार्थीले एक दर्दनाक भिडियो सामाजिक सञ्जालमा पठाएका छन् ।

कृषि विश्वविद्यालयबाट इजरायल गएका विपिन सुवेदीले सोमबार भिडियो सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै आफहरु तीनदिनदेखी कम्पनीको बंगरभित्र बसिरहेको र कतिबेला के हुने हो भन्ने डर भइरहेको बताएका छन् ।

उनले भिडियोमा भनेका छन्“मृत्यु भएका १० जनाको हारगुहार सम्झिरहेका छौँ । हामी बंकरमा पाँच जना छौँ । घरकालाई पीडा हुन्छ भनेर भिडियो नबनाउने भनेका थियौँ । तर अहिले घरभन्दा माथि उठेर बनायौँ । हामी जहाँ बसेका छौँ यो बंकर हो । तीनदिन भयो यहाँ बसेको । दूतावासले केही गर्छ कि भनेर पर्खिएर बसेका छौँ । बंकरमा पनि मिसाइल खस्छ कि भन्ने अवस्था छ । १० जना गुमाइसक्यौँ । १० जनाले गरेको हारगुहार याद आइरहेको छ । बंकरमा त बचेका छौ भन्ने भएको होला । हामीलाई पनि क्रुरतापूर्वक मार्‍यो भने …”

बंकरभित्र रहँदा कुन बेला आतंकवादीहरू आएर मार्ने हो भन्नेमा कुनै टुङ्गो नरहेको विपिन भनाइ छ ।

‘४९ जनामा १० जना त गुमाइसक्यौँ । अझै पनि जति बचेका छौँ । त्यतिलाई उद्धार गरिदिनुहोस् । देश फर्किएर कृषि क्षेत्रमा हामी केही न केही गर्छौ होला । हामीलाई मिटिङ बसिरहेको छ । उद्धारको लागि पहल गर्दैछौं भनेर भन्ने काम मात्र नगर्दिनुहोस् । तपाईँहरू जे जस्तो गरेपछि हामीलाई उद्धार गरिदिनुहोस्’ उनले भने ।

प्रतिक्रिया