राष्ट्रपति पौडेलद्वारा इजरायलमा रहेका नेपालीबारे चासो
मेरोन्यूज
२०८० असोज २२ गते १४:३८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो राखेका छन्।
सोमबार परराष्ट्रमन्त्री एनपी साउदलाई शितल निवास बोलाएर राष्ट्रपति पौडेलले नेपालीहरूको अवस्थाबारे चासो राखेको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
इजरायलमा रहेका नेपालीहरूलाई उद्धार, स्वदेश फिर्ता, मृतकका परिवारलाई राहत लगायतका विषयमा राष्ट्रपतिले मन्त्री साउदसँग चासो राखेका हुन् ।
शनिबार हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रपतिले घाइतेहरूको उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन्।
इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि सरकारलाई राष्ट्रपतिले आग्रह गरेका छन्।
सम्बन्धित
















बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
प्रतिक्रिया