मंगलबार, माघ २७, २०८२

कांग्रेसले कोसीमा थापाकै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

मेरोन्यूज २०८० असोज २३ गते १५:०७

फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसले कोसी प्रदेशमा संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउन निर्णायक पहल गर्ने भएको छ ।

मंगलबार सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठकले थापाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।

मा राप्रपाको समेत सहयोग लिएर सरकार बनाउन पहल गर्ने विषयमा छलफल भएको हो ।

बैठकमा सहभागी पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीभित्र पात्र फेरेर मुख्यमन्त्री बनाउने विषयमा छलफल नभएको र दलको नेतालाई नै मुख्यमन्त्री बनाउन पहल गर्ने निर्णय भएको जानकारी दिए ।

‘प्रदेश संसदीय दलका नेताको विकल्प खोजेर सरकार बनाउने कुरा अन्य दलले बजार हल्ला चलाएका हुन् । पार्टीभित्र यो विषयमा मतभेद छैन । संसदीय दलको नेताको विकल्प खोज्ने हैन कि अहिलेको गठबन्धनमा राप्रपालाई पनि लिएर सरकार बनाउन पहल गर्ने कुरा भएको छ,’ विश्वकर्माले भने, ‘हामीले हाम्रै नेतृत्वमा सरकार बनाउने गरी पहल अघि बढाउने भएका छौँ ।’

कांग्रेसको नेतृत्वमा सरकार बनाउन राप्रपासँग ‘स्टेप बाई स्टेप’ संवाद गर्ने तयारी भएको उनले जानकारी दिए ।

‘अगाडि राजनीतिक रुपले सरकार बने पनि प्राविधिक रुपमा हामी सफल भएनौँ । हामीले धोका खायौँ,’ उनले भने, ‘धारा ५ मा कांग्रेसको सरकार बनाउने, गठबन्धन एक ढिक्का राख्ने र राप्रपासँग ‘स्टेप बाई स्टेप’ संवाद गरेर पार्टीको नेतृत्वमा सरकार बनाउने कुरा भएको छ ।’

प्रतिक्रिया