टीआरसी विधेयक : चार विषय नटुंग्याउँदै बुझायो उपसमितिले प्रतिवेदन

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयकमा सहमति जुटाउन गठित उपसमितिले चार वटा विषयमा विवाद टुंग्गो नलगाउँदै आफ्नो प्रतिवेदन बुझाएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले ५ जेठमा उपसमिति बनाएको थियो । नेपालमा तत्कालिन माओवादी विद्रोहले शान्तिपूर्ण अवतरण गरेपनि संक्रमणकालिन न्यायका विषयमा टुग्गो लगाउन दुई दशक वित्दा सम्म सकेको छैन ।
यस विषयमा टुग्गो लगाउन दलहरुले फेरि टीआरसी सम्वन्धी संशोधन विधेयक अगाडी ल्याएको हो ।
प्रमुख दलका नेताहरुबीच भएको छलफलका आधारमा उपसमितिले विधेयकका अधिकांश विषयमा सहमति जुटाएको छ । मंगलबार बसेको समितिको बैठकमा उपसमिति सदस्य रमेश लेखकले प्रतिवेदन पेश गरेका छन् ।
गम्भिर यौन जन्य हिंसाका विषयमा भने थप तीन मिहना उजुरी दिन पाउने विषयमा सहमति जुटेको छ । तर प्रतिवेदनमा अझै चार वटा विषयमा भने थप छलफलबाट टुंगोमा पुग्नुपर्ने भनेर राखिएको छ ।
यी हुन् नटुंग्गिएका ४ विषय
१) क्रुरतापूर्वक गरिएको हत्या र दोहोरो भिडन्त बाहेक गरिएको हत्या मध्ये कुन समावेश गर्ने ?
२) सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरुलाई सम्बोधन कसरी गर्ने ?
३) मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने ?
४) घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्ने या प्रतिशत तोकेर जाने ?
















निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया