दशैंअघि नारायणघाट-बुटवल र पोखरा-मुग्लिन सडकखण्ड मर्मत गरिने

काठमाडौं । सडक विभागले दशैँअघि स्तरोन्नति र निर्माणका लागि भत्काइएका व्यस्त राजमार्ग सवारी साधन सञ्चालनका लागि सहज हुने गरी मर्मत गर्ने भएको छ ।
मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा बसेको चाडपर्व लक्षित यातायात व्यवस्थापन गर्ने सम्बन्धमा बसेको सरोकारवाला निकायका पदाधिकारीको बैठकले दुई व्यस्त सडक यात्रा सहज हुनेगरि मर्मत गर्ने निर्णय गरेको हो ।
विभागले पूर्व–पश्चिम राष्ट्रिय राजमार्ग अन्तर्गत कावासोती, चोरमारा, दाउन्ने सडक खण्ड र पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत कोत्रेबाट २१ किमि काठमाडौंतर्फको सडक मर्मत गर्ने निर्णय गरेको हो । सवारी साधन सञ्चालन गर्न सहज हुने हिसावले सडक विभागबाट तत्काल सडक मर्मत कार्य गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका शाखा अधिकृत माधवराज पाण्डेले जानकारी दिए ।
बैठकले खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ठूला सवारी साधनलाई नारायणगढ–काठमाडौं सडकमा २६ असोजबाटै रोक्ने निर्णय गरेको छ । यात्रुबाहक सवारी साधनको सहजताका लागि मालबाहक ठूला सवारी साधन रोक्ने निर्णय भएको हो । यो निर्णय ८ कात्तिकसम्म लागु हुने बैठकले निर्णय गरेको छ ।
२६ असोजदेखि रुट परमिट खुला गर्ने निर्णय पनि बैठकले गरेको छ । अब सवारी साधनहरु पूर्णिमाको दिनसम्मै रुट परमिटविना चल्न सक्ने छन् ।


















HoR elections: Inundation in monsoon, water shortage during winter main concern of Mahottari-2 voters
बलोचिस्तानमा पाकिस्तान सेनाको अपरेशन जारी,९२ आतङ्कवादी मारिए
पत्रकार दिनेश सिटौलाको निधन
महिला टी २० विश्वकप छनोट : आयरल्यान्डसँग थाइल्यान्ड पराजित
4 killed, 27 injured in road accident in E. Pakistan
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया