भेपमा सुन तस्करीसम्बन्धी प्रतिवेदन सरकारी वकिलले फर्कायो सीआईबीलाई

काठमाडौं । सरकारी वकिल कार्यालय काठमाडौँले विद्युतीय चुरोट (भेप)भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा थप अनुसन्धान गर्नु भन्दै अनुसन्धान प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई फिर्ता पठाएको छ।
सरकारी वकिल कार्यालयले प्रतिवादीहरूको थप बयान गर्नुपर्ने देखिएकाले सीआईबीलाई फाइल फिर्ता पठाइएको जानकारी दिएको छ । थप बयान लिएर अनुसन्धान पूरा गर्ने निर्देशनसहित फाइल असोज २२ गते सोमबार सीआईबीलाई फिर्ता पठाइएको एक अधिकृतले जानकारी दिए ।
सीआईबीले तस्करीमा मुछिएका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिए पनि अभियुक्त बनाएको थिएन ।
महराका छोरा राहुलसहित दावा छिरिङ, लोकेन्द्र पौडेल र निमा गुरुङलाई संगठित अपराध र भन्सार छलीको कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित सीआईबीले असोज १९ गते अनुसन्धान प्रतिवेदन सरकारी वकीलको कार्यालयमा पेस गरेको थियो।
अनुसन्धान प्रतिवेदन अध्ययन गर्दा अपुरो देखिएकाले थप केही बुदाँमा स्पष्ट पार्नु भनी पठाइएको ती अधिकृतले बताए । ‘थप बयान गर्न आएको हो। आज आएको हो भोलि पुनः पेस गर्छौं’ सीआईबीका यो प्रकरण अनुसन्धान गरेका एक अधिकृतले भने ।
प्रतिवादी बनाउन राय दिइएका दावा यसअघि हङकङबाट आएको ६० किलो बढी सुन तस्करीमा नेपालस्थित व्यवस्थापक रहेका अभियोग पुर्पक्षका लागि थुनामा छन्। लोकेन्द्र चिनियाँ तस्कर समूहको सहयोगीको भूमिकामा देखिएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
निमा भने फरार छन्।

















राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने
चुनावमा सहभागी हुन आतुर छन् मतदाता
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास बढ्दै गएको छ : संयोजक दाहाल
यस पटकको होली घरभित्रै मनाउन आग्रह
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
प्रतिक्रिया