प्रोटोकल पूरा नभएकाले आज जाने जहाजले इजरायलमा मृत्यु भएका नेपालीको शव नल्याउने

काठमाडौं । आज राति इजरायल जाने नेपाल एयरलाइन्सको जहाजले हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव नल्याउने भएको छ ।
इजरायलले प्रोटोकल पूरा गरेर शव हस्तान्तरण नगरेकाले आज राति जाने जहाजले शव नल्याउने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव शेवा लम्सालले जानकारी दिइन् ।
‘नेपालबाहेक अरू देशका नागरिकको शव पनि इजरायल सरकारले हस्तान्तरण नगरेकाले अहिले तत्काल शव ल्याउन सम्भव छैन। पोष्टमार्टमलगायत काम गर्न बाँकी नै छ। यसमा परिवारजनले उच्च बुझाइ राखिदिनुहुन्छ भन्ने अपेक्षा गरेका छौं,’ प्रवक्ता लम्सालले भनिन्।
इजरायल युद्धमा रहेको र शब ल्याउनुपर्ने बेग्लै प्रोटोकलहरु पूरा गर्न नसकिने जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यो बाध्यतालाई पीडित परिवारले पनि बुझिदिन आग्रह गरेकी छन् ।
प्रवक्ता सेवा लम्सालले आज जाने २५० यात्रु क्षमताको जहाजले विद्यार्थीलाई प्राथमिकतामा राखेर नेपालीलाई फिर्ता ल्याएर आउने बताइन्।



















‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया