बुधबार, चैत १८, २०८२

विश्वकप प्रारम्भिक चरण छनोट खेल

लाओसविरुद्ध खेल जित्ने नेपालको आश

मेरोन्यूज २०८० असोज २५ गते ७:२९

काठमाडौं । फिपा विश्वकप २०२६ को छनोट खेलको सुरुआत नेपालले आज लाओसविरुद्ध खेलेर गदैछ । नेपालले लाओससँग होम एन्ड अवे पद्दतीमा प्लेअफ खेल्न लागेको हो । जसअन्तर्गत दशरथ रंगशालामा नेपाल र लाओसबिच बिहिबार साँझ पहिलो लेग हुन लागेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

असोज ३० मा हुने दोस्रो लेख खेल्न त्यसपछि नेपाल लाओस जानेछ ।

६ महिना अगाडी लाओस प्रधानमन्त्री थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा खेल्न नेपाल आएको थियो । भुटान पनि सहभागी उक्त प्रतियोगितामा नेपाल च्याम्पियन भएको थियो ।

नेपालले उपाधी जित्ने क्रममा लाओसलाई लिग चरण र फाइनलमा पराजित गरेको थियो । यधपी, नेपालका प्रशिक्षक भिन्सेन्जो अलवर्टाे ऐनिसले सो बेला र अहिलेको परिस्थितमा धेरै फरक भईसकेकोले लाओसविरुद्धको खेल जित्न राम्रो खेल्नुपर्ने प्रतिक्रिया दिएका छन् ।
‘लाओसविरुद्ध जित निकालेर दोस्रो चरणमा पुग्ने लक्ष्य छ । नेपाल सक्षम पनि छ । अहिलेका सबै खेलाडी दुरुस्त छन् । तयारी पनि राम्रो भएको छ । नेपालले घरेलु मैदानको फाइदामा खेल्नेछ ,’ उनले भने ।

प्रशिक्षक एनिसले यो प्रशिक्षकको रुपमा पहिलो विश्वकप छनोट भएकाले पनि लाओसविरुद्धको खेलको तयारी अनुरुप म्यान्मारसँग दुई खेलमा मैत्री श्रृंखला खेलेको थियो । नेपालका कप्तान किरण चेम्जोङले प्रधानमन्त्री थी्र नेसन्स कपमा जस्तो नतिजा ल्याउन सहज नहुने बताए । उनले भने,–‘ लाओसले पनि राम्रो तयारी गरेको छ । तर हामीलाई दर्शकको साथ होस् भन्ने अपेक्षा छ । घरेलु मैदानमा दर्शक हाम्रा लागि १२ औं खेलाडीका रुपमा रहने अपेक्षा छ ।’

लाओसका प्रशिक्षक कान्लाया सिसोम्वाङले पनि पछिल्ला ५ महिनामा आफनो टिममा धेरै परिवर्तन भएको बताएका छन् ।

यी हुन् नेपाली टोली

नेपाली टोलीमा किरण चेम्जोङ, दीप कार्की र अभिषेक बराल गोलकिपरका रुपमा रहेका छन् । डिफेन्सका लागि सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ र एरिक विष्ट रहेका छन् । त्यस्तै, सुदीप गुरुङ, लकेन लिम्बु, आभास लामिछाने, उत्सव राई, कृतिशरत्न छन्जु र मनिष डाँगी मिडफिल्डरका रुपमा रहनेछन् । अन्जन विष्ट, आयुष घले, जिलेस्पेजङग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सन्जिव विष्ट प्रमुख रुपमा गोल गर्ने जिम्मेवारीमा रहने गरी नेपाली फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अलवर्टाे ऐनिसले बुधबार २३ सदस्यीय टिमको घोषणा गरेका छन् ।

प्रतिक्रिया