नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्रको भ्रमणमा भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । नेपालको अतिक्रमित भूमि कालापानी तथा लिम्पियाधुरा क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणमा निस्केका छन् । मोदी आज (बिहीबार) बिहान कालापानी क्षेत्रमा पुगेका छन् ।
मोदी कैलाश पर्वतको दूरदर्शन र पूजापाठका लागि कालापानी क्षेत्रमा आउन लागेका हुन्। मोदी बिहीबार बिहान ८ :३० बजे कैलाश पर्वतको बेसक्याम्प भनिने जोलिङकाङ पुगेका छन् । त्यहाँबाट उनले कैलाश पर्वतको दर्शन र पूजापाठ गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
बिहान ९: ३० बजे उनी गुञ्जी क्षेत्रका गाउँ पुग्नेछन्। गुञ्जीसहित नाभि, कुटी, रोङकाङ, नपलच्यू, गर्ब्याङ र बुदीका स्थानीयबासीसँग छलफल गर्नेछन्। मोदीसँग छलफलका लागि ति गाउँबाट पहिले नै प्रतिनिधिहरु छनोट गरिएको छ।
कालापानी क्षेत्रमा मोदीले भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन्। मध्याह्न १२ :०० बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जानेछन्।
प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुग्नेछन्।
मोदीले भ्रमण गर्न लागेको गुञ्जी क्षेत्र रहेको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालले आफ्नो नक्सामा समावेश गरेको छ। भारतले अतिक्रमित गरेको उक्त भूमि फिर्ताका लागि नेताहरुले कूटनीतिक पहल थाल्ने बताउँदै आएका छन्। तर त्यसबारे भारतसँग ठोस वार्ता भने भएको छैन।
मोदी त्यस क्षेत्रमा आउन लागेको विषयमा नेपालका अधिकारीहरुलाई कुनै जानकारी सम्म दिइएको छैन ।





















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया