एसीसी यू–१९ प्रिमियर कप
इरानविरुद्ध नेपालको २७४ रनको फराकिलो जित
मेरोन्यूज
२०८० असोज २५ गते १२:५३

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध फराकिलो जित निकालेको छ । नेपालले २७४ रनको फराकिलो जित निकालेको हो ।
बिहीबार मलेसियाको बांगीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ३५४ रनको लक्ष्य पछ्याएको इरान ३०।५ ओभरमा ७९ रनमै समेटिएको थियो ।
नेपालका लागि सुवास भण्डारी र दिपक कँडेलले तीन तीन विकेट लिए । भण्डारीले ८ दशमलव ५ ओभर बलिङ गर्दै जम्मा ६ रन दिए भने ७ ओभर बलिङ गरेका कँडेलले ४ रन मात्रै दिएका थिए ।
यस्तै ७ ओभरमा १९ रन खर्चिएर हेमन्त धामीले २ र ३ ओभरमा २७ रन खर्चिएर आकाश चन्दले २ विकेट लिएका थिए।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया