कोशीमा माओवादीलाई मुख्यमन्त्री दिने गठबन्धनको तयारीले कांग्रेसमा असन्तुष्टि
शेखर कोइराला समूहले विरुद्धमा जुटायो आठ जनाको हस्ताक्षर

काठमाडौँ । सत्ता गठबन्धन दलको कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई उम्मेदवार बनाउने तयारीले नेपाली कांग्रेसमा असन्तुष्टि देखिएको छ ।
दुई गुटमा विभक्त कांग्रेसको डा. शेखर कोइराला समूहले त्यो तयारी नमान्ने भन्दै हस्ताक्षर संकलन सुरु गरेको छ । कोइराला समूहका कोशीमा ९ प्रदेश सभा सदस्य छन् ।
सो समूहले ८ प्रदेश सभा सदस्यको हस्ताक्षर संकलन गरेको हो । उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र केदार कार्कीले हस्ताक्षर गरेका माओवादीलाई मुख्यमन्त्री दिन नहुने पक्षमा हस्ताक्षर गरेका छन् ।
कोशीमा कांग्रेसका २९ प्रदेश सांसद छन् ।
शेखर कोइराला समूहमा रहेका सांसद गयानन्द मण्डलले भने हस्ताक्षर गरेका छैनन् । मण्डललाई हस्ताक्षर गराउनका लागि बुधबार राति कोइराला पक्षका नेताहरु उनको घरमै पुगे पनि हस्ताक्षर गर्न नमानेका हुन् ।
कोइराला समूहले प्रदेश सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन चाहन्छ । सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाले भने संसदीय दलका नेता उद्धव थापा बाहेक अरुलाई मुख्यमन्त्रीमा अघि नसार्ने बरु माओवादीलाई मुख्यमन्त्री दिने पक्षमा छन् ।
थापाको नाममा सहमति नजुटे माओवादी सांसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्न देउवा र सिटौला सहमत छन् । तर शेखर समूहका नेताहरु सहमत छैनन् ।
सांसद कार्कीले आफूहरू कांग्रेसबाट मुख्यमन्त्री बन्नुपर्छ भन्ने पक्षमा रहेको र माओवादीलाई मुख्यमन्त्री दिन नहुने पक्षमा रहेको बताउँछन् । माओवादीको पक्षमा निर्णय भएमा विद्रोहको सम्भावना रहेको उनले निकटस्ीथहरूलाई बताउँदै तयार रहन भनेका छन् ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिक्रिया