सांसदहरुको स्वतन्त्रताको उपयोग गर्दै मुख्यमन्त्रीमा दाबी पेस गरे : केदार कार्की

विराटनगर । कोशीको मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेसका नेता केदार कार्कीले आफूले संविधानको धारा १६८ (५) को उपयोग गरेको सञ्चारकर्मीहरूलाई बताएका छन् ।
प्रदेश सरकार गठनको विषयलाई लिएर कोशीमा कुनै पनि दलले आधिकारिक निर्णय नगरेकाले आफ्नो निर्णय गर्न प्रदेशसभा सदस्यहरु स्वतन्त्र रहेको र आफूले त्यसको उपयोग गरेको कार्कीले बताए ।
‘(सरकार गठनको विषयमा) निर्णय त यहाँको संसदीय दलमा गर्नुपर्थ्यो, निर्णय यहाँ प्रदेशले गर्नुपर्थ्यो, केन्द्रले त केन्द्रको कुरा गर्ने हो । हाम्रो दलमा पनि निर्णय भएको छैन, कतै पनि केही भएको छैन’, कार्कीले सञ्चारकर्मीहरूसँग भने, ‘सबै इन्डिभिजुअल सांसदलाई छोडिदिएको छ, हामीले त्यसको उपयोग गरेका हौं ।’
कार्कीले नेपाली कांग्रेसका ८ जना र एमालेको ३९ जना सांसदको समर्थनमा प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदको दाबी पेस गरेका छन् ।आफ्नो दाबी संविधान र सर्वोच्च अदालतको फैसला अनुसार आधिकारिक रहेको जिकिर कार्कीको छ ।
‘संविधानको धारा १६८ (५) र सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दाखेरि जुन परमादेश जारी गर्यो, त्यो परमादेश जारी गर्दाको नजीरले के भन्छ भने उपधारा ५ चाहिँ इन्डिभिजुअल सांसदको समर्थनमा सरकार गठन गर्न सकिन्छ, सरकारलाई विश्वास दिन सकिन्छ, त्यसमा कुनै पार्टीको ह्वीप लाग्नेभन्दा पनि सांसदको हिसाबले काम गर्छ ।’
संविधानको धारा १६८ (५) मा सांसदहरुलाई दलको ह्वीप नलाग्ने र यो उपधारा अनुसार कसैलाई समर्थन गरेका कारण कारबाही पनि भोग्नुनपर्ने कार्कीले बताए ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया