धार्मिक विवाद देखिएका बाँके र सर्लाहीका सिडियो र प्रहरी प्रमुखको सरुवा

काठमाडौँ । गृहमन्त्रालयले धार्मिक विवाद देखिएका बाँके र सर्लाहीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुख परिवर्तन गरेको छ ।
बिहान मन्त्रालयले प्रजिअ सरुवा गरेपछि साँझ प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखको पनि सरुवा गरेको हो । गृह मन्त्रालयले बाँकेको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यलाई मन्त्रालयमा जगेडामा तानिएको छ । त्यहाँ प्रजिअ बनाएर श्रवण कुमार पोखरेललाई पठाइएको छ ।
सर्लाहीमा भने दोलखाको प्रमुख जिल्ला अधिकारी रहेका कोमलप्रसाद धमलालाई पठाइएको छ । त्यहाँका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलाम सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठोरलाई फिर्ता बोलाएर सुवास चन्द्र बोहरालाई पठाएको छ । त्यस्तै सर्लाहीका नरेशराज सुवेदीलाई फिर्ता बोलाएर प्रविण धिताललाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि असोज १६ बाट बाँकेमा लगातार कर्फ्यु लगाइएको थियो । हिन्दु र मुस्लिम समुदायबिच तनाव सिर्जना भएपछि नेपालगञ्ज क्षेत्रमा सुरुवाती दिनमा नै स्थानीय प्रशासनले सेनाको सहयोग लिएको थियो ।
सर्लाहीमा पनि हिन्दु र मुस्लिम समुदायको बिचमा विवाद भएको थियो । बाँकेमा सरुवा गरिएका एसपी बोहरा र सर्लाहीमा पठाइएका धिताल प्रहरीभित्र व्यवसायीक छविका अधिकृत मानिन्छन् ।
हिन्दु र मुस्लिम समुदायको बिचमा दंगा भड्किएपछि सुरक्षा परिषद्को बैठकमा दुवै जिल्लाका प्रजिअ र एसपीले ‘कार्यकुशलता देखाउन नसकेको’ विश्लेषण गरिएको थियो ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय दोलखाको प्रजिअमा टुवराज पोखरेललाई पदस्थापन गरेको छ ।
















प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया