मंगलबार, माघ २७, २०८२

कोशीको मुख्यमन्त्री चयनमा तटस्थ बस्ने राप्रपाको निर्णय

मेरोन्यूज २०८० असोज २६ गते ११:०८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको मुख्यमन्त्रीमा कसैको पक्ष नलिने भएको छ ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज बिहान बसेको पदाधिकारी बैठकले कोशीको मुख्यमन्त्री चयनका सवालमा तटस्थ बस्ने निर्णय गरेको हो।

कोशीमा सत्तारुढ गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । मुख्यमन्त्रीमा दाबी पेसका लागि दिइएको समय सीमा आज साँझ ५ बजे सकिने छ ।

प्रतिक्रिया