शेखर कोइरालाद्वारा कांग्रेस कार्यसम्पादन समिति बैठक बहिस्कार

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक नेता डा. शेखर कोइरालाले बहिस्कार गरेका छन् । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीभित्र विद्रोह गरेपछि आगामी रणनीति तय गर्ने बसेको कार्यसम्पादन समिति बैठकमा नेता डा. कोइराला अनुपस्थित भएका छन् ।
कोइराला अनुपस्थित भएपछि बैठक निष्कर्षवीहिन भएको छ । उनलाई शनिबार बिहानसम्म छलफलका पर्खिने निर्णय भएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
‘बैठकमा आउँछु, आउँछु भन्दै शेखर कोइराला अनुपस्थित हुनुभयो। भोलि उहाँ बैठकमा आउनुहुन्छ अनि छलफल गर्छौं,’ उनले भने ।
सत्ता गठबन्धनको शुक्रबारको बैठकमा पार्टी भित्रको विभाजन र गठबन्धनको एकताका लागि मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्कीलाई पछि हटाउने नेताहरुले आग्रह गरेका थिए । तर कोइरालाले उनलाई पछि नहटाउने अडान लिएपछि बसेको कांग्रेसको कार्य सम्पादन समिति बैठकमा कोइराला नगएका हुन् ।
‘गठबन्धन पनि जोगाउनुपर्ने भएकाले गठबन्धनले अघि सारेका व्यक्तिलाई नै समर्थन गर्न भनियो उहाँ मान्नु भएन,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘गठबन्धन जोगाउनका लागि कांग्रेसकै व्यक्तिमा सर्वसम्मत हुन्छ भने त्यसका लागि तयार रहेको प्रधानमन्त्रीले पनि बताउनु भएको थियो । तर शेखर कोइरालाले त्यो पनि मान्नु भएन ।’
प्रधानमन्त्री दाहालले मुख्यमन्त्री चयनमा कांग्रेसभित्र असन्तुष्टि देखिएकाले आफ्नो दलको उम्मेदवारलाई फिर्ता गरिदिने र कांग्रेसबाटै सहमतिमा उम्मेदवार चयन गर्न सुझाएका थिए । दाहालको सुझावपछि बैठकमै देउवाले कोइरालाई कांग्रेसका तर्फबाट केदार कार्कीबाहेक अर्को व्यक्तिलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए ।
‘बालुवाटारको बैठकमा सँगै थियौँ । त्यसपछि उहाँ यता आउँछु भन्नुभयो, तर आउनुभएन,’ कोइरालालाई पर्खिएकोबारे विश्वकर्माले भने, ‘अहिले देखिएको समस्या हल गर्न गठबन्धनबाटै मुलतः दुई वटा प्रस्तावमाथि छलफल भयो, तर उहाँले मान्नुभएन ।’
पार्टी र गठबन्धनको निर्णय विपरीत कोशी प्रदेशमा आठ जना सदस्यले फरक ठाउँमा हस्ताक्षर गरेका थिए ।
कोइरालाको थप विकसित धारणा आइसकेपछि शनिबार त्यसबारे थप छलफल हुने उनको भनाइ छ ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया