कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज असाेज २८ गते आइतबार । असोज शुक्ल प्रतिपदा । पञ्चाङ्ग : वैधृति किंस्तुघ्न चित्रा , घटस्थापना र नवरात्र आरम्भ/अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस र विश्व हातधुने दिवस । अक्टाेबर १५ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : स-साना कुरामा मन चिन्तित हुनेछ । निरङ्कुशता, घमण्ड र अहङ्कारलाई त्यागेर प्रगतिपथमा लम्कने समय हो । आजको कुनै एउटा राम्रो निर्णय तपाईंको सुखद अनुभवको कारक बन्नेछ । साथिभाइसँग रमाइलो भेटघाट हुनेछ ।
बृष : घरपरिवारबाट पनि शुभ र सुखद समाचार प्राप्त हुनेछन् । सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ । क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ । आज अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् ।
मिथुन : शरीर स्वस्थ रहने छ, तर चिन्ता मन चिन्तित हुनेछ । नयाँ व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ । आय आर्जन बढ्नाले घरायसी सुखसुविधाका वस्तुहरूको किनमेल हुन सक्छ ।
कर्कट : मानसिक उल्झन र तनावबाट गुज्रनु पर्नेछ । सुखसुविधा, भोगविलास र सँगीसाथीहरूसँग भुलिनाले गर्नैपर्ने कुनै काममा अवरोध हुनसक्छ । मेहेनेत अनुसार फाइदा बटुल्ने दिन हो ।
सिंह : खर्च बढ्ने समय हो, तर बजेट राम्रै हुनाले मानसिकतामा कुनै प्रभाव पर्नेछैन । कला÷कविता र साहित्यमा रुचि बढ्नसक्छ । नचिताएको धन हातमा आइपुग्ने अथवा रोकिएको धन फिर्ता पाउने समय हो ।
कन्या : अवसरको खोजी गर्ने दिन हो। नयाँ उत्साह र उमङ्ग जाग्नाले खुसी र प्रसन्नता बढ्नेछ । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक हुन्छ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने छ ।
तुला : कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ ।
वृश्चिक : गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ।
धनु : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित भइएला।
मकर : नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। गरिआएको कामलाई भने निरन्तरता दिनु होला। पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सावधान रहनु होला। केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला।
कुम्भ : भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धी दिलाउनेछ। प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ। मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ।
मीन : व्यापारमा फाइदै हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन्। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरणमा रमाउने दिन छ।
















बजाजको क्यूआर क्याम्पेन: एक स्क्यानमै चम्किनेछ भाग्य
RSP Vice Chair Aryal files nomination paper for HoR speaker
Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
Bullion price: Gold unchanged, silver climbs
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया