इजरायलले नेपाली दूतावासलाई हस्तान्तरण गर्यो ५ नेपालीको शव

काठमाडौँ । प्यालेस्टायनी लडाकु समूह हमासको आक्रमणमा परेर ज्यान गुमाएकामध्ये ५ जनाको शव इजरायली सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। नेपाली राजदूतावासले आइतबार साँझ विज्ञप्ति जारी गर्दै ५ वटा शव प्राप्त भएको जनाएको छ। लेल अबिबस्थित दूतावासमा इजरायल सरकारले नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली, दिपेश राज विष्ट र आशिष चौधरीको शव बुझाएको विज्ञप्तिमा जनाइएको छ ।
घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको राजदूतावासले जनाएको छ। प्राप्त भएका शवहरू ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको पनि दूतावासले बताएको छ।
‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ,’ दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ।
उपलब्ध संयन्त्रहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य अझै तीब्र पारिएको दूतावासले बताएको छ।

















महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया