कन्यालाई आकस्मिक धनलाभ हुने, अरु राशिकाे आज कस्ताे छ भाग्य ?

काठमाडाैं । आज असाेज २९ गते साेमबार । असोज शुक्ल द्वितीया । पञ्चाङ्ग : विषकुम्भ बालव स्वाति , विश्व खाद्य दिवस । अक्टाेबर १६ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : पारिवारिक सुख मिल्ने छ। आफ्नो लक्ष्यप्रति सचेत भई मिहिनेत गर्ने समय हो। अनावश्यक काममा खर्च बढ्ने छ ।
बृष : आफूलाई अरुभन्दा फरक साबित गर्न प्रयास गर्ने दिन हो। हाकिम वा सेवाग्राहीको रिसको चक्रमा पर्न सकिन्छ । यसतो अवस्थामा बुद्धिकौशलको उपयोग गर्नु उचीत हुन्छ । जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ ।
मिथुन : बुद्धिविवेकले काम नगर्नाले पनि केही समस्यामा पर्न सकिन्छ। बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो ।
कर्कट : पारिवारिक समस्याले खिन्न बनाउनेछ । आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ। क्रोध नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला ।
सिंह : कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र मन दुःखित बन्नसक्छ । व्यापार र लेनदेनको कारोबारबाट राम्रै फाइदा हुनेछ । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ।
कन्या : धनलाभ हुने योग छ । आज कुभावना र अन्याय गर्नबाट जोगिएको जाती हुन्छ । नाफाका दृष्टिले राम्रै समय देखिन्छ। सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सकिनेछ ।
तुला : निर्णय क्षमतामा निखार आउने छ । विगतका कमीकमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफल भइने छ । एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ ।
बृश्चिक : लेनदेनमा सतर्कता अपनाउनु होला । नयाँ लगानी हो भने सोचेर कदम चाल्नु उपयुक्त होला । घरमा नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला ।
धनु : परिवार तथा छोराछोरीको खुसीका लागि केहि खर्च गर्ने परिस्थिति बन्नसक्छ । दाजुभाइको सरसहयोग मिल्नेछ । राज्यपक्ष वा प्रशासनिक कामका साथै प्रतिष्ठा जोडिएको काममा सफलता मिल्नेछ ।
मकर : कार्यस्थलमा बोझ बढ्ने छ । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो । आज वकिल, शिक्षक, प्राध्यापक वा प्रवचनकर्ता पण्डित लगायतका पेसावालाले प्रशस्त लाभ पाउन सक्छन् ।
कुम्भ : कार्य सम्पादनमा सिनियरलाई आकर्षित बनाउन सकिने छ । शत्रु वा प्रतिद्वन्द्वीको चाकरी गरेर आफ्ना स्वार्थ पूरा गर्नुपर्ने बाध्यता देखिन्छ । आज कारणवश लुक्नुपर्ने वा डराउनुपर्ने स्थिति बन्न सक्छ ।
मीन : आफ्नो स्वास्थ्य प्रति चनाखो हुनुपर्छ । खानपिनमा विषेश ध्यान दिनुहोला । आज मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ ।
















बजाजको क्यूआर क्याम्पेन: एक स्क्यानमै चम्किनेछ भाग्य
RSP Vice Chair Aryal files nomination paper for HoR speaker
Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
Bullion price: Gold unchanged, silver climbs
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया