भ्रष्टाचारका नयाँ फाइल छिट्टै खोल्ने प्रधानमन्त्रीको उदघोष

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका केही नयाँ फाइल छिट्टै खुल्ने बताएका छन् । कैलालीको धनगढीमा समाजवादी मोर्चाको सुदूरपश्चिमस्तरीय सभामा प्रधानमन्त्री दाहालले भ्रष्टाचारको नयाँ फाइल खोल्ने तयारीमा सरकार रहेको बताएका हुन् ।
‘अहिले धेरै बोल्न मिल्दैन, अरू पनि केही फाइल छिट्टै खुल्दैछन्, सरकारले भ्रष्ट तत्त्वका विरुद्ध एकपछि अर्को फाइल खोल्दैछ,’ प्रधानमन्त्री दाहालले भने ।
सरकार गठन भएदेखि नै सुशासनको पक्षमा काम गरिरहेको दाबी गर्दै प्रधानमन्त्री दाहालले
नक्कली शरणार्थी, ललितानिवास र सुन तस्करी सम्बन्धमा सरकारले अनुसन्धान गरेर एउटा निष्कर्षमा पुर्याएको बताए ।
विगतमा भ्रष्टाचारमा पल्केकाहरूले अहिलेको सरकारलाई ढाल्न खोजेको आरोप उनको थियो । ‘ओम्नी सबैलाई थाहा छ, यती काण्ड सबैलाई थाहा भएको छ,’ प्रधानमन्त्री दाहालले भने ।
प्रधानमन्त्री दाहालले भ्रष्टाचारको आरोपमा कर्मचारीहरू पक्राउ परेकाले निर्णय गर्न कर्मचारीहरू हच्किएको पनि बताए ।
‘कर्मचारीहरू अलि कति पनि जोखिम मोल्न तयार छैनन्, कर्मचारीमा आतंक छ । मैले तपाईंहरू अगाडि बढ्नुस्, संरक्षण सरकारले गर्छ भन्दा पनि मानिरहेका छैनन्,’ दाहालले भने ।
















बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ सकियाे
Two die in motorcycle accident in Dang
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
रास्वपा पूरानाे हाे, सबैभन्दा नयाँ नेपाली कम्युनिस्ट पार्टी हो : प्रचण्ड
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
प्रतिक्रिया