विश्वकप क्रिकेटमा अस्ट्रेलियाको तेस्रो खेलमा पहिलो जित

काठमाडौँ । भारतमा भइरहेको एक दिवसीय विश्वकपमा अस्ट्रेलियाले पहिलो जित हात पारेको छ । पहिला दुई खेलमा पराजित भएको अस्ट्रेलियाले तेस्रो खेलमा जित हात पारेको हो । लखनउमा भएको १४ औँ खेलमा श्रीलंकालाई अस्ट्रेलियाले ५ विकेटले हराएको हो ।
खेलमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले ४३ ओभर ३ बलमा २०९ रन बनाएर अल आउट भएको थियो । २१० रनको लक्ष्य पच्छ्याएको अस्ट्रेलियाले ३५ ओभर २ बलमा लक्ष्य भेट्ट्यायो ।
अस्ट्रेलियाका लागि ओपनर मिचेल मार्स र विकेटकिपर ब्याट्सम्यान जोश इनलिशले अर्धशतकीय पारीको योगदान दिए ।
मार्सले ५१ बलमा ५२ रन बनाए । इनलिशले ५९ बलमा ५८ रन बनाए । मार्नुस लुबुसेनेले ४० रन बनाए । ग्लेन म्याक्सबेलले ३१ रन बनाए ।
श्रीलंकाका लागि बलर दिलशान मधुशंकाले ३ विकेट लिए ।
पहिला ब्याटिङ गरेको श्रीलंकाका लागि दुई ओपनर ब्याट्सम्यानले अर्धशतकीय योगदान दिए । ओपनरद्वय पाथुम निशंका र कुशल परेराले अर्धशतकीय पारी खेले ।
निशंकाले ६७ बलमा ६१ रन बनाए भने परेराले ८२ बलमा ७८ रन बनाए । अन्य ब्याट्सम्यानहरू चरिथ अशलंकाले २५ रन बनाउनुबाहेक उल्लेख्य योगदान दिन नसक्दा श्रीलंका सस्तैमा समेटियो ।
अस्ट्रेलियाका लागि बलरहरू आदम जाम्पाले ४, मिचेल स्टार्क र कप्तान प्याट कमिन्सले २, २ र ग्लेन म्याक्सबेलले १ रनको योगदान दिए ।
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया