कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज असाेज ३० गते मंगलबार । असोज शुक्ल तृतिया । पञ्चाङ्ग : प्रीति तैतल विशाखा, अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । अक्टाेबर १७ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ । आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । व्यक्तित्व विकासको विशेष अवसर पाउनुका साथै साथीभाइसँग रमाउने समय छ ।
बृष : कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ । झैझगडा वा विवादबाट टाढा बसेको जाति हुन्छ ।
मिथुन : रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले फाइदा बटुल्नेछन् । आज सहकर्मीका माझमा प्रतिष्ठित भइने छ ।
कर्कट : घरायसी सुखसुविधा बढाउन वा चलअचल सम्पत्ति खरीद गर्ने योजना बनाउने दिन हो । कसैसँग सहयोगको अपेक्षा गरेमा निराश हुनुपर्दैन । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ ।
सिंह : अरुका समस्यामा दौडधूप गर्नुपर्ने छ । परिश्रमको प्रतिफल पाउने समय हो। आफ्नो आन्तरिक ऊर्जा र मानसिक क्षमतालाई उपयोग गर्नुहोस्। व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो ।
कन्या : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो । अतिरिक्त आम्दानीका लागि मिहिनेत गर्नु पर्ने छ । बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि झगडा बढ्न सक्छ ।
तुला : परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो । प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ।
बृश्चिक : बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ । आर्थिक सङ्कटले पनि तनाव बढ्नसक्छ ।
धनु : गुमेको स्थान प्राप्त हुने वा फँसेको धन उकास्ने समय हो । रोकिएका काममा दोहोर्याएर प्रयत्न गरे सफलता हासिल हुनेछ । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ ।
मकर : दौडधूप र धपेडी गर्ने समय छ । काममा कसैको साथसहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ ।
कुम्भ : मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ । भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ ।
मीन : ससाना कुरामा झैझगडा मानसिक तनाव बढ्न सक्छ । रिस आजको शत्रु हो भन्ने ठानी हरेक समयमा धैर्य र संयम रहनु होला । चुनौतीकाबीच सम्भावनाका बाटाहरू फेला पर्नेछन् ।















गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया