कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज असाेज ३० गते मंगलबार । असोज शुक्ल तृतिया । पञ्चाङ्ग : प्रीति तैतल विशाखा, अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । अक्टाेबर १७ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ । आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । व्यक्तित्व विकासको विशेष अवसर पाउनुका साथै साथीभाइसँग रमाउने समय छ ।
बृष : कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ । झैझगडा वा विवादबाट टाढा बसेको जाति हुन्छ ।
मिथुन : रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले फाइदा बटुल्नेछन् । आज सहकर्मीका माझमा प्रतिष्ठित भइने छ ।
कर्कट : घरायसी सुखसुविधा बढाउन वा चलअचल सम्पत्ति खरीद गर्ने योजना बनाउने दिन हो । कसैसँग सहयोगको अपेक्षा गरेमा निराश हुनुपर्दैन । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ ।
सिंह : अरुका समस्यामा दौडधूप गर्नुपर्ने छ । परिश्रमको प्रतिफल पाउने समय हो। आफ्नो आन्तरिक ऊर्जा र मानसिक क्षमतालाई उपयोग गर्नुहोस्। व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो ।
कन्या : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो । अतिरिक्त आम्दानीका लागि मिहिनेत गर्नु पर्ने छ । बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि झगडा बढ्न सक्छ ।
तुला : परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो । प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ।
बृश्चिक : बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ । आर्थिक सङ्कटले पनि तनाव बढ्नसक्छ ।
धनु : गुमेको स्थान प्राप्त हुने वा फँसेको धन उकास्ने समय हो । रोकिएका काममा दोहोर्याएर प्रयत्न गरे सफलता हासिल हुनेछ । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ ।
मकर : दौडधूप र धपेडी गर्ने समय छ । काममा कसैको साथसहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ ।
कुम्भ : मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ । भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ ।
मीन : ससाना कुरामा झैझगडा मानसिक तनाव बढ्न सक्छ । रिस आजको शत्रु हो भन्ने ठानी हरेक समयमा धैर्य र संयम रहनु होला । चुनौतीकाबीच सम्भावनाका बाटाहरू फेला पर्नेछन् ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिक्रिया