बिहीबार, वैशाख १०, २०८३

परिणाममा ठग्ने गैरीगाउँको भ्याली बाबा पेट्रोल पम्प सिल

मेरोन्यूज २०८० असोज ३० गते १७:५०

काठमाडौँ । सरकारले गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरेको छ । अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको हो ।

Advertisement
NiccNicc

काठमाडौंका केही पेट्रोल पम्पहरूमा छड्के अनुगमन गरेको छ। काठमाडौंका केही पम्पमा कम मात्रामा पेट्रोल वितरण हुने गरेको, कमसल पेट्रोल वितरण भएको लगायतका गुनासाहरू आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा मंगलबार छड्के अनुगमन गरिएको हो।

वाणिज्य मन्त्रालय, प्रधानमन्त्रीको सचिवालय, नापतौल तथा गुणस्तर विभाग र काठमाडौं जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू सम्मिलित टोलीले पम्पहरूमा अनुगमन गर्दा लिटरको मात्रा कम देखिएको हो ।

मंगलबार बिहान प्रधानमन्त्री दाहालले उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजाल, मुख्य सचिव बैकुण्ठ अर्याललगायत सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर अनुगमन गर्न निर्देशन दिएका थिए।

निर्देशन अनुसार दिउँसो काठमाडौंका केही पेट्रोल पम्पमा अनुगमन गरिएको हो।

अनुगमनका क्रममा तीनकुनेस्थित भ्यालीबाबा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्रीका स्वकिय सह– सचिव गोकर्ण भट्टले जानकारी दिए।

सोमबार पेट्रोलियम पदार्थको मूल्य घटेसँगै केही पम्पहरूले हिजो बिक्री वितरण नगर्ने चेतावनी दिएका थिए।

त्यसअघि नयाँ बानेश्वरको थ्री ब्रदर्स पेट्रोल पम्पमा पनि अनुगमन गरिएको थियो ।

प्रतिक्रिया