त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी

काठमाडौँ । नेपाल, हङकङ र यूएईबिचको त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल विकेटले ७ विजयी भएको भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई दिएको १४१ रनको लक्ष्य नेपालले १८ ओभर ५बलमा ३ विकेट गुमाएर भेटाएको हो ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेलले १४ र आसिफ शेखले २३ रन बनाए । कुशल मल्लले ११, कम्तान रोहित पौडेलले ५१ दीपेन्द्रसिंह एरीले ३४ रन बनाए ।
पहिलो इनिङमा युएईले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४० रन बनायो ।
नेपालको मुलपानी स्टेडियममा भएको खेलमा युएईका लागि बसिल हामेदले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा ५१ रन बनाए । युएईका लागि अन्य ब्याट्सम्यानहरू अलि नासिरले ३२, मोहम्मद वासिमले १७ तथा आसिफ खानले १५ रन बनाए ।
नेपालका लागि करण केसीले ३ सोमपाल कामी १ गुल्सन झाले २ र अविनाश बोहोराले १ विकेट लिए ।
नेपाली समर्थकहरु राष्ट्रिय झण्डा लिएर खेल हेर्न भेला भएका छन् ।
आज नेपालको टिमबाट सन्दीप लामिछानेको स्थानमा श्याम ९मौसम० ढकालले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् । उनले विगत ८ महिनायता नेपालको राष्ट्रिय टिमसँग प्रशिक्षण गरिरहे पनि डेब्युको मौका पाएका थिएनन् ।
पछिल्लो संस्करणको प्रधानमन्त्री कप क्रिकेटमा इमर्जिङ प्लेअर भएका मौसम त्यसपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा मौका बनाएका थिए ।















अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया