टी-२० सिरिजमा हङकङ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । नेपाल, हङकङ र युएईबीचको टी–२० सिरिजमा नेपालले दोस्रो जित हात पारेको छ। बिहीबार मुलपानी मैदानमा भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।
हङकङले दिएको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
नेपालका ओपनर कुशल भुर्तेल ८, आसिफ शेख ४२, कुशल मल्ल १ र सन्दीप जोरा ३ रनमा आउट भए ।
कप्तान रोहितकुमार पौडेलले नटआउट २५ रन र गुल्सन झाले नटआउट १४ रन बनाए। बलिङमा हङकङका इशान खानले ३ विकेट लिए ।
त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ३ बल खेल्न बाँकी छदा ९४ रनमै अलआउट भयो।
हङकङका लागि यासिम मुर्ताजाले सबैभन्दा बढी ३६, जीशन अलीले १७ रन बनाए । हङकङका अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
हङकङका सुरूवाती पाँचसहित कुल ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। उनले ४ ओभरमा १५ रन खर्चिए। यस्तै सोमपाल कामी र अभिनास बोहराले २, २ विकेट लिए।
यसअघि नेपालले बुधबार युएईलाई ७ विकेटले पराजित गरेको थियो। अब नेपालले शनिबार हङकङ र सोमबार युएईसँग खेल्नेछ।
त्यसपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच फाइनल हुनेछ।
















तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
प्रतिक्रिया