मंगलबार, वैशाख १५, २०८३

गृहमन्त्री श्रेष्ठलाई जेनरल वार्डमा सारियो

मेरोन्यूज २०८० कार्तिक ३ गते ९:२७

काठमाडौँ । चीनमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएपछि जनरल बेडमा सारिएको छ ।

Advertisement
NiccNicc

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि श्रेष्ठलाई आईसीयूबाट जेनरल वार्डमा सारिएको जानकारी दिए ।

बुधबार राति हृदयाघात (हर्टअट्याक) भएपछि गृहमन्त्री श्रेष्ठलाई बेइजिङस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा भर्ना गरिएको थियो । उनको मुटुको शल्यक्रिया सफल भएको चिकित्सकले बताएका छन्।

‘अवस्था सामान्य बन्दै गएपछि उहाँलाई जनरल वार्डमा सारिएको छ,’ राजदूत श्रेष्ठले भने, ‘वार्डमा कतिदिन बस्नुपर्ने हो, चिकित्सकले भनेका छैनन्।’

बिहीबार गृहमन्त्री श्रेष्ठले चीनका सामाजिक सुरक्षामन्त्रीलाई भेट्ने कार्यक्रम तय भए पनि राति नै हृदयाघात भएपछि उनीहरुबीचको भेटघाट स्थगित भएको छ।

हृदयाघात भएपछि श्रेष्ठको मुटुको एन्जीओप्लास्टी गरिएको थियो । गृहमन्त्री श्रेष्ठ बीआरआई सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका हुन्।

प्रतिक्रिया