गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुने

काठमाडौँ । वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता यही कात्तिक १८ गतेदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सञ्जिव तुलाधरले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । सिनियरमा चार, भेट्रानमा सात र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ ।
सिनियर र भेट्रानमा गरी कुल रु नौ लाख ५ हजार नगद पुरस्कार रहेको आयोजकको भनाइ छ । त्यस्तै जुनियरमा भने प्रोत्साहनस्वरुप गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु ३५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । यही कात्तिक २५ गतेसम्म हुने उक्त प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।
















यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया