खाद्य उत्पादनमा योगदान गरेका किसान पुरस्कृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको छ ।
विश्व खाद्य दिवस पारेर प्रदेश सरकार कृषि मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयले खाद्य वस्तुमा योगदान गरेका विभिन्न क्षेत्रका आठजना किसानलाई पुरस्कृत गरेको हो ।
कृषि प्रविधिको प्रयोग गरी उत्पादन र उत्पादकत्व बढाएका किसानलाई निर्देशनालयले नगद रकमसहित सम्मान गरेको हो । रुपन्देही, पश्चिम नवलपरासी, बर्दिया, रोल्पा, पाल्पा र दाङका खाद्यान्न, तरकारी, मसलाजन्य बाली र मौरीपालक किसान पुरस्कृत भएका छन् । प्रादेशिक कृषिजन्य खाद्य वस्तुको प्रतिव्यक्ति उपलब्धतामा दलहन र तेलहन बालीमा करिब दश प्रतिशतले न्यून रहेको तथ्याङ्क छ ।
प्रदेशको कूल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २९ दशमलव ४० प्रतिशत रहेको छ । प्रदेशको ६ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जमिनमध्ये पाँच लाख ३५ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ ।
सिँचाइ प्रदेशलाई कृषिजन्य खाद्यवस्तुमा आत्मनिर्भर बनाउने गरी कार्य भइरहेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव यामनारायण देवकोटाले बताए । खाद्यवस्तुहरुमा दिगो पहुँच र उपभोग वृद्धिमार्फत खाद्य तथा पोषण सुरक्षा हासिल गर्ने मन्त्रालयको लक्ष्य राखिएको समेत उनले जानकारी दिए ।
उत्पादन र उत्पादकत्व बढाउन गुणस्तरीय बीउ, सिँचाइ सुविधा र मलखादको आवश्यकता पर्दछ । तर किसान ती कुराबाट विमुख छन् । लुम्बिनी प्रदेशमा खाद्य सुरक्षका लागि जलवायु परिवर्तन, रोग किराजन्य महामारी, कृषि सामग्रीमा सीमित पहुँच, बजार पहुँच सीमितको हुनुजस्ता चुनौती रहेका छन् ।
















विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया