कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज कार्तिक ५ गते आइतबार । असोज शुक्ल अष्टमी । पञ्चाङ्ग : धृति विष्टिरभद्रा उत्तरषाढा , महाअष्टमीर कालरात्रि। अक्टाेबर २२ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : जिम्मेवारी थपिने छ । व्यक्तित्व विकासको योजना बनाउने समय हो । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने छ।
बृष : धार्मिक/सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिइने छ । जोस जाँगर बढ्नेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ ।
मिथुन : उत्साहमा कमी आउने समय छ । तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ ।
कर्कट : मन प्रसन्न रहने छ। खानपान र आहारविहारको अनुशासन पालना गर्नुहोला । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो।
सिंह : घमण्ड र क्रोध बढ्न सक्छ । आजको दिन कम बोल्नु उचित हुन्छ । परिवार र आफन्तको इच्छाचाहना पुरा गर्नुपर्ने छ ।
कन्या : बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त पैसा आम्दानी हुनेछ । कल्पना र भावनामा रुमल्लिन सकिन्छ, तर आज कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्नु उचित समय हो ।
तुला : अरुको भरमा पर्दा काममा बाधा र धोका हुने समय छ । विगतका कमजोरी सुधार गरी कुनै काम दोहोर्याउने परिस्थितिसमेत बन्नसक्छ । शरीर अस्वस्थ भए पनि घरायसी काममा खट्नैपर्ने परिस्थिति बन्ने छ।
बृश्चिक : परिवारसँग रमाइलो समय बित्नसक्छ । जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर साथीभाइसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुहोला ।
धनु : अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ ।
मकर : कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ ।
कुम्भ : लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ ।
मीन : वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो । आज पार्टनरलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ । खर्चमा अचानक बृद्धि हुने समय छ, जोखिम मोलेर कुनै पनि काम नगर्नु होला।
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया