मार्ककाे गाेलमा बार्सिलोना विजयी
मेरोन्यूज
२०८० कार्तिक ६ गते ८:१७

मार्क गिउले सिनियर टोलीमा डेब्यू गरेको मात्र ३३ सेकेन्डमा नै गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओमाथि १–० को संघर्षपूर्ण जीत हासिल गरेको छ ।
१७ वर्षीय स्पेनिस फरवार्ड अर्का युवा खेलाडी फर्मिन लोपेजको स्थानमा ७९ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । मैदान प्रवेश गरेलगत्तै उनले बार्साका लागि खेलमा निर्णायक गोल गरेका थिए ।
योसँगै उनी क्लबको इतिहासमा बार्साका लागि सबैभन्दा चाँडो पहिलो गोल गर्ने खेलाडी पनि बनेका छन् । जीतसँगै बर्सा लिगको तेस्रो स्थानमा रहेको छ । १० खेलबाट २४ अङ्क रहेको बार्सा शीर्ष स्थानमा रहेको रियलभन्दा मात्र १ अङ्कले पछि रहेको छ ।
उता, जिरोनाले अल्मेरियालाई ५–२ गोलले हराउँदै रियलसँग अङ्क बराबर गरेको छ । रियल भने शनिबार सेभियासँग १–१ को बराबरीमा रोकिएको थियो ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया