बिहीबार, वैशाख १०, २०८३

ग्लोबल आइएमईको डिजिटल दक्षिणा योजना, १० प्रतिशत क्यासब्याक

मेरोन्यूज २०८० कार्तिक ६ गते २०:५२

काठमाडौं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लस मार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ ।

Advertisement
NiccNicc

बैंकको ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूले टीकाको दिन दक्षिणाका रूपमा पैसा पठाउँदा १० प्रतिशत (एक सय रूपैयाँसम्म) तुरून्तै क्यासब्याक पाउने छन् । ग्राहकहरूले पैसा पठाउँदा प्रोमोकोड ‘DAKSHINA’ लेखी पैसा ट्रान्सफर गर्नुपर्नेछ।

ग्लोबल आइएमइ बैंकको ग्लोबल स्मार्ट ए्याप प्रयोगकर्ता ग्राहकहरूले २०८० कार्तिक ७ गते विजया दशमीको दिन बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म बैंकको दक्षिणा पाउनेछन्र ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५२ शाखा कार्यालय, ३७१ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४५ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया