विजया दशमीकाे दिन कस्ताे छ तपाईंकाे राशिफल ?

काठमाडाैं । आज कार्तिक ७ गते मंगलबार । असोज शुक्ल दशमी । पञ्चाङ्ग : गण्ड गर धनिष्ठा , विजया दशमी/देवी विसर्जन/संयुक्त राष्ट्रसंघ दिवस र विश्व विकास सूचना दिवस। अक्टाेबर २४ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष – पारिवारबाट सहयोग प्राप्त हुनेछ ।सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।
बृष – रोकिएका काम पुरा हुनेछन्। कसैसंग सामान्य विवाद पनि हुन सक्छ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ।
मिथुन – सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ।
कर्कट –आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।
सिंह – आर्थिक पक्ष सुदृढ बन्नेछ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छन्। ्पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।
कन्या – कतै लामो दूरीको लाभदायी यात्रा गर्नुपर्ने छ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।
तुला – चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। आंशिक लाभ हुनेछ।
बृश्चिक – आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ।
धनु – दिन उत्साहपूर्ण रहनेछ ।अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
मकर – नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। फजुल खर्च बढ्ने छ। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।
कुम्भ – चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। नयाँ काम प्रारम्भ गर्ने समय छ।
मीन – विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहला। स्वास्थ्यमा समस्या आउन सक्छ । खानपानमा विशेष ध्यान दिनुहोला ।
















National Assembly election report presented to President Paudel
अर्को समुद्री युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ :ट्रम्प
Heavy snowfall in Mustang, Humla and Bajura districts
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया