विश्वकप क्रिकेट : पाकिस्तानमाथि अफगानिस्तानकाे ऐतिहासिक जित
मेरोन्यूज
२०८० कार्तिक ७ गते ८:१८

काठमाडौँ । अफगानिस्तानले पाकिस्तानमाथि ऐतिहासिक जित हासिल गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकपमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको हो ।
पाकिस्तानले दिएको २८३ रनको लक्ष्य पछाएको अफगानिस्तानले ४९ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यसअघि पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८२ रन बनाएको थियो ।
यो अफगानिस्तानले एकदिवसीय क्रिकेटमा पाकिस्तानलाई पराजित गरेको पहिलो पटक हो ।
यो जितपछि अफगानिस्तानले यस विश्वकपमा दोस्रो जित हासिल गरेको छ । यसअघि अफगानिस्तानले ईङल्याण्डलाई स्तब्ध बनाउदै इतिहास बनाएको थियो ।
यो जितपछि अफगानिस्तानको ५ खेलमा २ जित र ३ हारसहित ४ अंक भएको छ । त्यसैगरी पाकिस्तानले भने यस विश्वकपमा तेस्रो हार भएको छ । पाकिस्तानको ५ खेलमा ४ अंक रहेको छ ।
सम्बन्धित
















नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया