म्याक्सवेलको विश्व कीर्तिमानी शतकमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई दियो ४०० रनको लक्ष्य
मेरोन्यूज
२०८० कार्तिक ८ गते १८:५०

काठमाडौं । ग्लेन म्याक्सवेल र डेभिड वार्नरको शतकको मदतमा अष्ट्रेलियाले विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सलाई ४०० रनको विशाल लक्ष्य दिएको छ ।
बुधबार भारतको दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ९९ रन बनाएको हो ।
अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४४ बलमा १०६ रन बनाए । उनले ४० बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका छन् । विश्वकपको इतिहासमा कम बलमा शतक प्रहार गर्ने कीर्तिमान म्याक्सवेलले राखेका हुन् ।
त्यस्तै डेभिड वार्नरले ९३ बलमा १०४ रन बनाए । उनको यो विश्वकपमा छैटौँ शतक हो । एकै विश्वकपको दोस्रो शतक हो ।
त्यसैगरी स्टेभेन स्मिथले ७१ तथा मार्कस लबुसचांगेले ६२ रन जोडे ।
नेदरल्याण्ड्सका लागि लोगान भान बिकले ४ विकेट लिए । यस्तै बास डी लिडेले २ विकेट लिए ।
सम्बन्धित
















अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया