सुनको मूल्यमा नयाँ रेकर्ड, ताेलाकाे कति पुग्याे ?
मेरोन्यूज
२०८० कार्तिक १० गते १२:०१

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेर सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको हो ।
आज छापावाल सुन तोलामा एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कात्तिक ३ गते तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्ड तोड्दै आज नयाँ रेकर्ड कायम भएको हो ।
यस्तै आज तेजाबी सुन तोलामा एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रबार चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
















नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया