टी-२० विश्वकप छनोटका लागि नेपाली टीम घोषणा, सन्दीपको कमब्याक
मेरोन्यूज
२०८० कार्तिक ११ गते ८:३५

काठमाडौं । टी-२० विश्वकप छनोटका लागि नेपाली टीम घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा घोषित १५ सदस्यीय टीम घोषणा गरिएको हो ।
टोलीमा पूर्वकप्तान सन्दीप लामिछाने फर्किएका छन् । सन्दीपले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टी-२० आई सिरिज खेलेका थिएनन् । यस्तै विनोद भण्डारीलाई पनि टिममा समावेश गरिएको छ ।
यसअघि त्रिकोणात्मक सिरिजमा भएका सूर्य तामाङ, लोकेश बम, सागर ढकाल र श्याम ढकाल भने बाहिरिएका छन्।
एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुनेछ ।
टीममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि।सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी समावेश छन् ।
सम्बन्धित















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया