शनिबार, वैशाख २६, २०८३

युरोपियन लिग खेलिसकेका डियाग्ने धनगढी एफसीमा अनुबन्धित

मेरोन्यूज २०८० कार्तिक ११ गते ११:४०

काठमाडौं । सेनेगल राष्ट्रिय फुटबल टिमका पूर्व डिफेन्डर फलु डियाग्ने धनगढी एफसीमा अनुबन्ध भएका छन् । एफसीले शनिवार विदेशी खेलाडीका रूपमा अनुबन्धन गरेको हो ।

Advertisement
NiccNicc

यूरोपको विभिन्न चर्चित क्लबहरुबाट खेलिसकेका ३४ वर्षीय डियाग्नेले गतवर्ष चेन्नई एफसीबाट भारतको पहिलो श्रेणीको लिग इन्डियन सुपर लिगसमेत खेलेका थिए।

सन् २०१६ मा केप भर्डविरुद्धको खेलमा सेनेगल राष्ट्रिय टिमका लागि डेब्यू गरेका डियाग्नेले ४ क्याप जितेका छन्। उनले खेलेको खेलहरुमा सेनेगल अपराजित रहेको थियो। एनएसएल आवद्ध विदेशी खेलाडीमध्ये हालसम्म उनी प्रतिष्ठित लिग खेल्ने सबैभन्दा अनुभवी खेलाडी समेत हुन् ।

डियाग्नेले धनगढीमा अनुबन्ध हुन पाउँदा खुसी लागेको र टिमलाई सशक्तरूपमा योगदान पुर्‍याउने प्रयास गर्ने बताएका छन् ।

एनएसएलको दोस्रो संस्करण मंसिर ८ देखि सुरू हुँदैछ ।

प्रतिक्रिया