पर्यटकको वृद्धिसँगै बन्दीपुरका व्यवसायी उत्साहित

तनहुँ । ‘पहाडकी रानी’ उपनामले परिचित पर्यटकीय क्षेत्र बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेको छ । आन्तरिक एवंं बाह्य पर्यटकको दैनिक आवागमनमा वृद्वि हुन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् ।
बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या बढी हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष बैंश गुरुङले जानकारी दिए । दसैँमा आन्तरिक पर्यटकको चहलपहल बढेको उनले बताए। दसैँमा दैनिक सात सयदेखि एक हजारसम्म आन्तरिक पर्यटकले बन्दीपुर भ्रमण गरेका थिए ।
विशेषगरी युरोपेली मुलुक, चीन, भारतलगायत देशबाट पर्यटक बन्दीपुर आउने गरेका छन् । बाह्य पर्यटक दिनमा चार सयदेखि पाँच सयसम्म आउने गरेका छन् । बन्दीपुर घुम्न आउने पर्यटकका लागि होटल व्यवसायीले आकर्षक कार्यक्रम नबनाए पनि आन्तरिक पर्यटकका लागि १० देखि १५ प्रतिशतसम्म छुट दिने गरिएको छ ।
कुनै बेला व्यापारिक केन्द्र बनेको बन्दीपुर विसं २०२५ मा सदरमुकाम दमौलीमा सरेपछि व्यापारी पनि दमौली, आँबुखैरेनी र नारायणगढतिर गएका कारण यो स्थल प्रायः सुनसान भएको थियो ।


















संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया