राष्ट्रिय क्रिकेट टिमका कप्तानले भने- स्याण्डी दाइ (सन्दीप) आएपछि टिम एकदमै ब्यालेन्स, बलिङ स्ट्रोङ भएको छ
मेरोन्यूज
२०८० कार्तिक १२ गते ११:५४

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले स्पीनर सन्दीप लामिछानेको क्रिक्रेट टिममा पुनरागमनसँगै टिम ब्यालेन्स भएको र बलिङ स्ट्रोङ भएको बताएका छन् ।
भोलिदेखि काठमाडौंमा सुरु हुने टी(२० विश्पकपको एसिया छनोटमा नेपाल अगाडी आज त्रिवि क्रिक्रेट मैदानमा आयोजना गरेको पत्रकार सम्मेलनमा कप्तान पौडेलले त्यस्तो बताएका हुन् ।
‘स्याण्डी दाइ (सन्दीप लामिछाने) आएपछि टिम एकदमै ब्यालेन्स भएको छ, बलिङ स्ट्रोङ भएको छ ।’ कप्तान पौडेलले पत्रकार सम्मेलनमा भने ।
पत्रकार सम्मेलनमा नेपाली क्रिक्रेट टोलीका प्रशिक्षक मोन्टी देसाईले सन्दीप खेलका लागि तयार रहेको बताए ।
नेपालले पहिलो खेल भोलि सिंगापुरसँग खेल्नेछ ।
सम्बन्धित
















विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया