पोखरा विमानस्थल आयोजनामा अख्तियारको छापा
मेरोन्यूज
२०८० कार्तिक १२ गते १९:२२

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । विमानस्थल निर्माणमा कमसल काम र सामग्री प्रयोग गरेको उजुरी परेपछि अख्तियारको प्राविधिकसहित उच्चस्तरीय टोली पोखरा पुगेर छापा अख्तियारले जनाएको छ ।
विमानस्थल निर्माणमा गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटाभन्दा धेरै उजुरी परेपछि छापा मारेको अख्तियार जनाएको छ । अख्तियारले विमानस्थल निर्माण आयोजनामा काम गर्ने कर्मचारीको बैंक खाता पनि रोक्का राखेको छ ।
विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले अख्तियारको टोली पोखराका आएर फाइल हेरेको जानकारी दिए। उनले विमानस्थलको कामको गुणस्तरमा कुनै समस्या नरहेको दाबी गरे ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गएको जनवरीमा उद्घाटन भएर सञ्चालनमा आइसकेको छ । तर अहिलेसम्म सम्झौताअनुसारको काम सकिएको छैन ।
सम्बन्धित
















प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया