आईसीसी टी-२० विश्वकप छनोट
सिंगापुरविरुद्ध नेपालले पहिला बलिङ गर्ने
मेरोन्यूज
२०८० कार्तिक १३ गते ८:४५

काठमाडौँ । आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गत घरेलु टोली नेपालले सिंगापुरविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा सिंगापुरले टस जितेर नेपाललाई पहिला बलिङका लागि निम्तो दिएको हो ।
नेपाली टोलीमा त्रिकोणात्मक सिरिज खेल्ने टोलीबाट एक खेलाडी परिवर्तन भएका छन् । एसिया क्षेत्र छनोटमा स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा बस्ने भएका छन्।
एसिया छनोटमा एसियाका आठ देश सहभागी छन् । चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुने छन् ।
सम्बन्धित
















हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया