टी-२० विश्वकप छनोट : ओमान र हङकङ विजयी

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा ओमानले विजयी शुरुवात गरेको छ । आज सोमबार भएको खेलमा ओमानले मलेसियालाई ३२ रनले हरायो ।
ओमानले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २१ रनमात्र बनाउन सक्यो । मलेसियाका वीरनदीप सिंहले ५७ रन बनाए । बलिङतर्फ ओमानका बिलाल खान र जेशान मकसूदले समान २ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनायो । ओमानका कप्तान जेशान मकसूदले नटआउट ५६ रन बनाए । बलिङतर्फ मलेसियाका वीरनदीप सिंहले ३ विकेट लिए ।
यस्तै आजै भएको अर्को खेलमा हङकङले कुवेतलाई १६ रनले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
हङकङले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रनमात्र बनाउन सक्यो । ओमानका कप्तान मोहम्मद असलामले ५२ रन बनाए । बलिङतर्फ हङकङका अजिज खानले ३ विकेट लिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनायो । हङकङका मार्टिन कोट्जीले ८१ रन बनाए । बलिङतर्फ ओमानका सइद मुनिबले २ विकेट लिए ।
















बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया