टी-२० विश्वकप एसिया छनोट
हङकङमाथि बहराइनको शानदार जित
मेरोन्यूज
२०८० कार्तिक १४ गते १३:०५

काठमाडौँ । टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बहराइनले हङकङमाथि शानदार जित हात पारेको छ ।
मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको हो ।
बहराइनले दिएको १४७ रनको लक्ष्य पछाएको हङकङ १९.१ ओभरमा १२६ रन बनाएर अलआउट भयो । यसअघि पहिला ब्याटिंग गरेको बहराइन पनि १९.३ ओभरमा १४६ रन बनाएर अल आउट भएको थियो ।
बहराइनको जितसँगै समुह बी को अंक तालिका रोचक बनेको छ । जसमा बहराइन र हङकङको २-२ खेलमा २-२ अंक भएको छ भने सेमिफाइनलमा दुवैको सम्भावना रहेको छ । त्यस्तै पहिलो खेल जितेर २ अंक हासिल गरको युएईले आज कुवेतसँग खेल्दै छ ।
समुह बि को समुह चरणको अन्तिम खेलमा युएई र हङकङ तथा बहराइन र कुवेत खेल्ने छन् ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया