सिन्हा अवकाशमा गएपछि सर्वोच्चमा सात न्यायाधीश पद रिक्त

काठमाडौं । सर्वोच्च अदालतमा सात न्यायाधीश पद रिक्त भएको छ । बुधबारबाट तेस्रो वरियतामा रहेका न्यायाधीश अनिलकुमार सिन्हा अनिवार्य अवकाशमा गएपछि सात न्यायाधीश पद रिक्त भएका हुन् ।
प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी रहेको सर्वोच्चमा ७ न्यायाधीश रिक्त भएसँगै एक तिहाइ न्यायाधीशको पद रिक्त भएको छ ।
उमेर हदका कारण अनिवार्य अवकाशमा गएका न्यायाधीश सिन्हालाई सर्वोच्च अदालतले औपचारिक कार्यक्रम गर्दै मंगलबार बिदाइ गरेको छ । कार्यक्रममा सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अनिवार्य अवकाशमा गएका सिन्हालाई बिदाइ गरे ।
सिन्हा सात वर्षअघि २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । २०१५ साल कात्तिक १५ गते जन्मिएका सिन्हा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।
सर्वोच्चमा तत्कालीन प्रधानन्यायाधीश प्रधानन्यायाधीश हरिकृष्ण कार्की न्यायाधीश टंक मोक्तान, तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश दीपक कार्की, तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जवरा, तत्कालीन न्यायाधीश मिरा खड्का, बमकुमार श्रेष्ठ र तेजबहादुर केसी अनिवार्य अवकाशमा गएपछि रिक्त भएको न्यायाधीश सिफारिस भएको छैन ।
अब सर्वोच्चमा प्रधानन्यायाधीशसहित १४ जना मात्रै न्यायाधीश छन् ।
















विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया