बंगलादेश पाकिस्तानसँग ७ विकेटले पराजित

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको आज भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको छ । आजको जितसँगै पाकिस्तानले क्वालिफायरमा जाने सम्भावना जिवितै राखेको छ ।
कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको बंगलादेश ४५ ओभर १ बलमा २ सय ४ रनमा अलआउट भएको थियो । २०५ रनको लक्ष्य पाकिस्तानले ३२ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेट्टायो ।
पाकिस्तानका लागि ओपनरद्वय अव्दुल्लाह सफिक र फकर जमान दुवैले अर्धशतकीय पारी खेले ।
सफिकले ६९ बलमा ६८ रन बनाए । जमानले ७४ बलमा ८१ रन बनाए ।
बलिङमा बंगलादेशका मेहन्दी हसन मिराजले तीन विकेट लिए ।
पहिला ब्याटिङ गरेको बंगलादेशका महमदुल्लाहले सर्वाधिक ५६ रन बनाए । यस्तै लिटन दास ४५ र कप्तान शकिब अल हसन ४३ रनमा आउट भए ।
बलिङतर्फ पाकिस्तानका शाहीन अफरिदी र मोहम्मद वसिमले समान ३ तथा हरिस रउफले २ विकेट लिए ।
















कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया