सोमबार, माघ २६, २०८२

रिगललाई आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज पनि

मेरोन्यूज २०८० कार्तिक १५ गते ७:१४

काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ बुधबार पुन: हुने भएको छ । मंगलबार हेर्दाहेर्दैमा रहेको रिटमा आज पनि सुनुवाइ हुने भएको हो ।

मंगलबार भएको सुनुवाइमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा सरकारी पक्षले बहस भएको थियो । यस्तै महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए ।

बुधबार बाँकी सुनुवाइ हुनेछ ।

संविधान दिवसका अवसरमा गत असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैद मिनाहा गरिदिएका थिए। ज्यान मुद्दामा जन्मकैद सजाय पाएका ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि चौतर्फी विरोध हुँदै आएको छ।

राष्ट्रपतिको उक्त निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

प्रतिक्रिया