बारामा प्रिन्सिपल हत्या प्रकरण
प्रेमी राधालाई आफूलाई गोली लाग्नु अघि पनि रेस्टुरेन्टबाट बिरयानी लगिदिएका थिए रुपेशले

प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेका हत्या आरोपी
काठमाडौँ ।बाराको कलैया उपमहानगरपालिका ६ मदरसा टोलस्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका प्रधानाध्यापक गुड्डु भन्ने रुपेश स्वर्णकारले आफूलाई गोली हानी हत्या गर्नु अघि पनि प्रेमिक राधा गुप्तालाई रेस्टुरेन्टबाट बिरयानी लगिदिएको खुलेको छ ।
रुपेको कात्तिक १३ गते राधाको योजनामै गोली हानी हत्या भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । तर, आफ्नो हत्या हुनु केही समय अघिसमेत रुपेशले राधालाई रेष्टुरेन्टबाट विरयानी लगिदिएको राधाले स्वीकारेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
राधालाई विरयानी छोडेर आफ्ना छोराछोरीलाई चाउमिन लिएर फर्किंदै गर्दा राधाकै योजनामा भारतीय चार सुटरले रुपेशलाई बाटैमा गोली प्रहार गरेका थिए ।
प्रहरीले बुधबार रुपेशको हत्या उनकै प्रेमिका राधा र सहकर्मी शिक्षकहरुको समेतको संलग्नतामा भएको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाराले बुधबार हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको छ। जसमा प्रेमिका राधा, उनी प्रधानाध्यापक रहेको स्कुलमा पठाउने दुई शिक्षक पनि छन् । दुई जना भारतीय सुटर समूहका रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
हत्यामा संलग्न रहेको आरोपमा मदरसा टोलकी २२ वर्षीया राधा गुप्ता, शिक्षकहरु मदरसा टोलका ३४ वर्षीय जमिल अख्तर र कलैया उपमहानगरपालिका ९ रामपुरका २६ वर्षीय रियाज अन्सारी पक्राउ परेका छन्। भारतीय सुटर समूहका भारतको मोतिहारी पूर्वी चम्पारण, थाना घोडासहन जागिराकोटीका २३ वर्षीय चन्दन कुमार र थाना घोडासहन बहर्वाकाला १२ का २३ वर्षीय अभिनवकुमार राजपुतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
हत्यामा संलग्न मुख्य सुटरसहित ४ जना र राधाका भारतीय प्रेमीसहित केही भने फरार छन्।
रुपेश र राधा एउटै ठाउँ मदरसा टोलका हुन्। राधाले गत वैशाखसम्म रुपेश प्रिन्सिपल रहेकै विद्यालयमा लेखापालको काम गर्नेक्रममा उनीहरु नजिकिएका थिए।
रुपेश विवाहित हुन्। राधाका प्रेमी भारतीय नागरिक मनोज गुप्ता थिए। उनी पनि विवाहित नै हुन्। प्रहरीका अनुसार ३ वर्षदेखि उनी राधासँग प्रेममा थिए। तर छोराछोरीका बाबु रुपेश पनि राधासँग विवाहेत्तर सम्बन्धमा थिए। विद्यालयमा काम गर्ने क्रममा उनीहरुको प्रेम सम्बन्धबारे विद्यालयका अन्य शिक्षक पनि जानकार थिए।
राधाका भारतीय प्रेमी मनोजले पनि पछि यो कुरा थाहा पाए। त्यसपछि मनोज र रुपेशको बीचमा राधाका विषयमा पटक पटक झगडा र कुटाकुट पनि भएको अनुसन्धानबाट खुलेको बाराका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले बताए।
प्रहरीका अनुसार दुई प्रेमीबीचको झगडाका कारण राधा एउटालाई रोज्न बाध्य भइन्। उनले रुपेशलाई छाडेर भारतीय नागरिक मनोजलाई रोज्दै गत वैशाखमा रुपेश प्रधानाध्यापक रहेको विद्यालयबाट अलग भएकी थिइन् ।
राधाले प्रहरीसामु भने आफूलाई जागिरबाट निकालेको बताएकी छन्। राधाले रुपेश आफूसँग अलग नभएपछि मार्ने योजना बनाएको प्रहरी समक्ष स्वीकार गरेकी छन्।
प्रहरीले रुपेशलाई गोली प्रहार गर्ने सुटरको पनि पहिचान भइसकेको जानकारी दिएको छ । न्यौपानेका अनुसार भारतको मोतिहारीको दर्पा थाना १ सुक्लहियाका २५ वर्षीय सुजितकुमार सिंह, सोही स्थानका २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनीले रुपेशलाई गोली प्रहार गरेका थिए ।
















EU warns Spain’s migrant regularization must not affect block
स्कोडा कायलाक नेपालमा सार्वजनिक
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
PM Karki to present Film Bill at NA meeting today
Jeep driver dies, three receive injury in accident
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया