भिजन लुम्बिनी ऊर्जाको आईपीओ खुल्यो
मेरोन्यूज
२०८० कार्तिक १६ गते ९:१५

काठमाडौँ । भिजन लुम्बिनी ऊर्जा कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले नकिनेको सेयरसमेत थप गरी कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर सर्वसाधारणका लागि बिहीबारदेखि खुला गरेको हो ।
अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओ खुलेको हो । कात्तिक २० गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ ।
यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर थप गरी कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको हो ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । सीडीएससीको मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सकिनेछ ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्याउनुपर्छः सभापति थापा
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया