मुख्यमन्त्री कोहलपुर गोल्डकप : गोर्खा ब्वाइज विजयी

जानकी(बाँके) । ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल विजयी भएको छ ।
गोर्खा ब्वाइजले सुदूरपश्चिम–११ धनगढीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
खेलको सुरुआतमै मौका पाए पनि गोर्खा ब्वाइजले गोल गर्न सकेन । खेलको ४५औँ मिनेटमा गोर्खा ब्वाइजका शक्ति राईले विजयी गोल गरेका थिए । खेल अवधिभर गोर्खा ब्वाइजले सुदूरपश्चिम–११ लाई दबाबमा राखेको थियो । उक्त खेलमा गोर्खा ब्वाइजकै सहदेव केसी म्यान अफ दी म्याच घोषित भए ।
खेल संयोजक रामबहादुर मल्लका अनुसार आज दिउँसो ३ः०० बजे सेमिफाइनल प्रवेशका लागि चर्च ब्वाइज युनाइटेड र गोर्खा ब्वाइजबीच खेल हुनेछ ।
कोहलपुरस्थित १३ बिघा मैदानमा बुधबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रु आठ लाख र उपविजेताले रु चार लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । खेल अवलोकन गर्न अस्थायी प्यारापिट निर्माण गरिएको छ । उक्त प्रतियोगिता यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया