विश्वकप क्रिकेट : अफगानिस्तान र नेदरल्याण्डस भिड्दै

काठमाडौँ। जारी आइसीसी क्रिकेट विश्वकपमा आज अफगानिस्तान र नेदरल्याण्डस आमने सामने हुँदैछन् । भारतको लखनउस्थित अटल बिहारी बाजपेयी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २:१५ बजेदेखि शुरु हुने छ ।
जारि विश्वकपमा अफगानिस्तान अहिलेसम्म खेलेका ६ खेलमध्ये ३ जित र ३ हार व्यहोर्दै ६ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसले खेलेका ६ खेल मध्ये २ खेल जितेको छ भने ४ खेलमा हार व्यहोरेको छ ।
अफगानिस्तानले इङल्याण्ड, पाकिस्तान र श्रीलंका जस्ता ठुला देशलाई पराजित गरेर यस विश्वकपमा सनसनी मच्चाएको छ भने नेदरल्याण्डसले दक्षिण अफ्रिका र बंगलादेशलाई पराजित गरेको छ ।
यस विश्वकपका दुई जाइन्ट किलरबीचको यो खेल निकै रोचक हुनसक्ने अनुमान गर्न सकिन्छ । खासगरी सेमिफाइनल दौडको हिसाबले अफगानिस्तानका लागि यो खेल जित्ने पर्ने अवस्था रहेको छ । यो खेल जितेमा अफगानिस्तान सेमिफाइनलको दौडमा कायम रहने छ । त्यस्तै चार खेलमा हार बेहोरेकाले नेदरल्याण्डसको सेमिफाइनलको यात्रा त्यति सहज देखिँदैन ।
अफगानिस्तान र नेदरल्याण्डसबीच अहिलेसम्म ९ पटक एकदिवसीय खेलमा सामना भएको छ । जसमा अफगानिस्तानले ७ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेल जितेको छ ।
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया